संचालकहरुले शुशासन गुमाउदा र सदस्यहरुले संस्था र संचालक पहिचान नगरी कारोबार गर्दा सहकारीमा समस्या आएको साथै सहकारी आफ््नो प्राथामिकतामा रहेको अर्थ मन्त्री मा. डा. प्रकास शरण महत को भनाइ
२० पौष २०८० पाल्पा
अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्था लि. रामपुर पाल्पाले २५ औं बार्षिक साधारण सभा तथा रजत जयन्ती बिशेष समारोह सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा संचालन भएको कार्यक्रम नेपाल सरकार अर्थमन्त्री माननीय डा. प्रकास शरण महत्तको प्रमुख आतिथ्यता र लुम्विनि प्रदेश सभासद राजुप्रसाद श्र्रेष्ठ, नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ््स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल, रामपुर नगर पालिकाका नगर प्रमुख रमण बहादुर थापाको विशिष्ट आतिथ्यतामा संचालन भएको हो ।
कार्यक्रम लाई सम्वोधन गर्दै प्रमुख अतिथि अर्थमन्त्री माननीय डा. प्रकाश सरण महतले संचालकहरुले शुशान गुमाउदा र सदस्यहरुले संस्था र संचालक पहिचान नगरी कारोबार गर्दा सहकारीमा समस्या आएको बताउनु भयो सहकारी देश विकासकालागि अपरिहार्य रहेको उल्लेख गर्दै सहकारी आफ््नो प्राथामिकतामा रहेको र सहकारीहरुको व्यवस्थापनकालगि र छुट्टै नियमनकारी निकाय हुनुपर्ने र उक्त बिषय आफुले बजेटमा सम्वोधन गरेको बताउनु भयो । त्यसै गरी विशिष्ट अतिथि नेफ््स्कन अध्यक्ष चन्द्र प्रसाद ढकालले संचालकहरुले शुशासनमा ध्यान दियौं भने सहकारीहरुमा समस्या नआउने र सहकारीहरुले सदस्यहरुले उत्पादन गरेका सामानहरु प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
२०५५ सालमा स्थापना भएको अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थामा हाल १०,७७५ जना सदस्यहरु छन् भने संस्थाले ५ स्थानमा सेवाकेन्द्र स्थापना गरि सदस्यहरुलाई सेवा दिई रहेको छ । नेफ््स्कूनबाट संचालित PROBATION कार्यक्रममा आवद्घ रहेको संस्थाको कुल पुँजि १ अरव ५१ करोड रहेको छ भने सहकारी संस्थाले विभिन्न सदस्य सुरक्षाका कार्यक्रम संचालन गर्दै आईरहेको छ । गत पौष १३ गते देखी साधारण सभाको शुभारम्भ गरी विभिन्न ६ स्थानहरुमा ईकाइ तथा सेवाकेन्द्र स्तरमा साधारण सभा सम्पन्न गरी उक्त सेवाकेन्द्र स्तरीय साधारण सभाबाट प्रतिनिधित्व चयन भई आउने सदस्यहरुको सहभागीतामा निर्णय प्रमाणित सहीतको साधारण सभा साथमा रजत जयन्ती बिशेष समारोह गरेको संस्थाले रजत बर्ष र साधारण सभा एकै साथ गरेको हो । संस्थाले बौद्घिक तथा रचनात्मक कार्यक्रम अन्र्तगत शहीद बहुमुखी क्याम्पसमा देशको अर्थतन्त्रमा सहकारीको योगदान बिषयमा वक्तिृत्वकला प्रतियोगिता सम्पन्न गरेको थियो ।
संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागतबाट शुरु भएको कार्यक्रममा लुम्विनि प्रदेश सभा सदस्य राजुप्रसाद श्र्रेष्ठ, नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, नेपाली कांग्रेश जिल्ला कार्यसमति उप सभापति ज्ञान बहादुर गाहा, जिल्ला भुमि आयोगका अध्यक्ष मोहन गैरे, जिल्ला बचत संघका अध्यक्ष जगदिश भट्टराई, नेपाली कांग्रेश केन्द्रीय सदस्य सिता देवकोटा, युवा तथा सामाजिक व्यक्तित्व सन्दिप रानाले बोल्दै शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रम संस्थाका सचिव ओम प्रकास बस्यालले संचालन गर्नु भएको थियो भने कार्यक्रममा संस्थाका ६६५ जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिबाट रजत स्मारिकाको विमोचन गरिएको थियो ।
साधारण सभाको उद्घाटन सत्र पश्चात बन्द सत्र संचालन भएको थियो भने वन्द सत्रमा सदस्यहरुले राखेका जिज्ञासा अध्यक्ष सागर प्रसाद देवकोटा, उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपाने, सचिव ओम प्रकास बस्याल र व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले क्रमशः मेटाउनु भएको थियो । बन्द सत्र व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले संचालन गर्नु भएको थियो भने कार्यक्रम होटल न्यू श्र्रीनगरको सभा हलमा संचालन भएको थियो । स्मरण रहोस् संस्थाले साधारण सभाको समुद्घाटन हुनु अघि रजत बर्षको सम्झनामा संस्थाको मूख्य कार्यालयमा निर्माण गरेको रजत स्मारकको अनावरण प्रमुख अतिथि अर्थमन्त्रि मा. डा. प्रकास शरण महतको कर कमलबाट सु–सम्पन्न गरेको थियो भने संस्था आ.व. ०७७÷०७८ मा लुम्विनि प्रदेशबाट उत्कृष्ट सकोस पुरस्कार पाउन सफल भएको थियो ।